Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आज भारतका विदेश सचिव मिश्री नेपाल आउँदै

आज भारतका विदेश सचिव मिश्री नेपाल आउँदै

आइतवार , भाद्र १, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आइपुग्ने भएका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्रीको नेपाल भ्रमण हुन लागेको बताइएको छ ।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्ने छन्। उनी सोमबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077