Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सञ्चालनमा आयो अवरुद्ध त्रिभुवन राजपथ

सञ्चालनमा आयो अवरुद्ध त्रिभुवन राजपथ

शनिवार , श्रावण ३१, २०८२

मकवानपुर । मकवानपुरको काठमाडौं–हेटौँडाखण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका–९, लामीडाँडामा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार राति ठूलो ढुंगा र रुखसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

शनिबार साँझ पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, हेटौँडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं जाने मार्गको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा शनिबार बिहान ९ः३० बजे ढुंगासहित सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077