Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भैरहवाबाट उडे रवि, नख्खु लगिदै

भैरहवाबाट उडे रवि, नख्खु लगिदै

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार सार्नका लागि हवाई मार्ग हुँदै भैरहवाबाट काठमाडौंका लागि उडेका छन् ।

अदालतले अनुमति दिएको ४० दिनपछि सरकारले उनको कारागार सरुवाको निर्णय कार्यान्वयन गरेको हो।

शनिबार दिउँसो कडा सुरक्षा घेराबीच लामिछानेलाई कारागारबाट बाहिर निकालेर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो। उनी बुद्ध एयरको उडानमार्फत ४ः३८ बजे काठमाडौंका लागि उडेका हुन्।

कारागार परिसर बाहिर रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए भने नख्खु कारागार बाहिर उनका समर्थकहरुको भिड लागेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले गत जेठ १४ गते नै कारागार सरुवाको माग गर्दै निवेदन दिएका थिए।

रुपन्देही जिल्ला अदालतले जेठ १६ गते अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोक्दै आएको थियो।

हालै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारमाथि उनलाई काठमाडौं सार्न दबाब बढेको थियो।

सोही दबाबपछि कारागार व्यवस्थापन विभागले शुक्रबार उनलाई नख्खु कारागार सार्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077