Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

शनिवार , श्रावण ३१, २०८२

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

आज बिहान एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार जनाएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको कारागार जनाएको छ ।

दुलालको मृत्युको कारण खुलिसकेको छैन । शव पोष्टमार्टमका अस्पतालमा राखिएको छ ।

५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको कारागारको 'क' ब्लकमा बस्दै आएका मृतक दुलाललाई बिहान ५:४० मा श्वासप्रश्वासमा समस्या आएको थियो । तत्काल उनलाई कारागारको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार गरेपछि सामन्य सुधार देखिएको कारागार प्रमुख सुवास पौडेलले बताउँछन् ।

मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077