सप्तरी । सप्तरीबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।
जिल्लाको सुरुङ्गा नगरपालिका-११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट गाँजा बरामद भएको हो ।
साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।
गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।