Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अत्तरियामा भदौ १ देखि ६ गतेसम्म टीभीएस ‘एक्सचेञ्ज मेनिया’, नयाँसँग पुरानो साट्ने मौका !

अत्तरियामा भदौ १ देखि ६ गतेसम्म टीभीएस ‘एक्सचेञ्ज मेनिया’, नयाँसँग पुरानो साट्ने मौका !

शुक्रवार , श्रावण ३०, २०८२

धनगढी । कैलालीको अत्तरिया बसपार्कमा आगामी भदौ १ गतेदेखि टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ हुने भएको छ ।

जगदम्बा मोटर्सको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर सार्वजनिक गरेको हो ।

अत्तरिया बसपार्कमा आगामी भदौ १ गतेदेखि ६ गतेसम्म चल्ने एक्सचेञ्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ ।

एक्सचेञ्ज मेनियामा पुरानो नगुड्ने मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुने बागेश्वरी मल्टीमोटर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनका अनुसार एक्चेन्ज गरिएको साधनमा थप १० हजार मूल्यांकन रकम थप गरिनेछ ।

नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा न्यूनतम ८ हजार क्यास डिस्काउन्टको व्यवस्था गरिएको छ । साथै हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077