काठमाडौं । अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट कुवेतमा १६ नेपाली कामदारको मृत्यु भएको छ ।
गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्यु भएकोमा तीमध्ये १६ जना नेपाली रहेको खुलेको हो ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल र सदस्य आङकाजी शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १ सय ६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् ।
मध्यपूर्वीय आर्कषक श्रम गन्तब्य कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णत: प्रतिबन्धित छ ।