Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

टेकु अस्पतालमा डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु

टेकु अस्पतालमा डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ ।

टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।

अस्पतालमा मेडिकल रेर्कडर समीर अधिकारीले अस्पताल उपचाररत १ महिलाको मृत्यु भएको जनाएका छन्। उनले भने- ‘मंगलबार अस्पताल भर्ना हुनुभएको थियो। अस्पताल आउँदा स्वास्थ्य अवस्था निकै जटिल थियो। आईसीयूमा राखेर उपचार गरिएको थियो। बुधबार मृत्यु भयो।'

उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् ।

यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो । हाल ७४ जिल्लाका २ हजार ९८४ जनामा डेंगु संक्रमण देखिएको छ। डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077