काठमाडौं । न्यायपरिषद्ले देशभरका जिल्ला र उच्च अदालतमा कार्यरत २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा निर्णय गरेको हो ।
विशेष अदालतका अध्यक्षसहित ४ सदस्यको पनि सरुवा गरिएको छ ।
उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतका अध्यक्षको जिम्मेवारी सम्हालिरहेका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गर्ने सिफारिस गरिएको परिषद्ले जनाएको छ ।
हेर्नुहोस् सूची :