Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विशाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ९ पुग्यो

विशाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ९ पुग्यो

शुक्रवार , श्रावण ३०, २०८२

एजेन्सी । कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ।

जसमध्ये ९ जना नेपाली रहेका छन् । नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेका छन्।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकाससिंह ठकुरी र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।

[insert page='362114' display='yopanipadhnuhos.php']

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन् । 'कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।'

कुवेतस्थित नेपाली दूतावासले कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई यसबारे जानकारी दिइसकेको छ ।

कुवेतमा मदिरा सेवन गर्न प्रतिवन्ध छ ।

प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077