Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विदेश जाने मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ, देशभित्रै सम्भावना छ : प्रचण्ड

विदेश जाने मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ, देशभित्रै सम्भावना छ : प्रचण्ड

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवा जागरुक हुन थालेको बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफू देशका विभिन्न स्थानमा जाँदा हाल धेरै ठाउँमा मानिस आफ्नै देशमा रोजगारी सिर्जना गर्ने अभियानतर्फ लागेको पाएको उल्लेख गरे । उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेकामा उनले जोड दिए ।

विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उनले बताए । देशभित्रै सम्भावना र सम्भव रहेको उनको भनाइ थियो ।

“विदेश जाने मनोवृत्तिलाई बिस्तारै परिवर्तन गर्नुपर्छ । देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ,” उनले भने, “हामीकहाँ प्रचुर प्रकृति र इतिहासले, संस्कृति र जाति, भाषाले धेरै चिज हामीलाई दिएको छ । संसारको अरू देशमा त्यो भेटिँदैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077