Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महाकाली नदीमा बाढी, सवारीसाधन आवतजावतमा रोक

महाकाली नदीमा बाढी, सवारीसाधन आवतजावतमा रोक

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।

गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो ।

पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको हो ।

दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक लगाइएको छैन ।

आज बिहान ७ बजे महाकाली नदीमा एक लाख नौ हजार ६२० क्युसेक पानी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077