Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सवारी दुर्घटनामा सशस्त्रका जवानको मृत्यु, अर्का गम्भीर घाइते

सवारी दुर्घटनामा सशस्त्रका जवानको मृत्यु, अर्का गम्भीर घाइते

शुक्रवार , श्रावण ३०, २०८२

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८ मा सवारी दुर्घटना हुँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो ।

मृतक बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

सोही दुर्घटनामा परी ३२ वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएका छन् । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेका छन् ।

बाप्र०६–००१ क ०४४४ नं को मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएका थिए ।

प्रहरीका अनुसार, दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा बोहोराको उपचारको क्रममा मृत्यु भएको र जितबहादुरलाई थप उपचारका लागि चितवन लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077