काठमाडौं । देशभरका कारागारमा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागको नेतृत्व फेरबदल गरेको छ ।
विभागीय प्रमुख नारायण प्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरी लिला प्रसाद शर्मालाई नयाँ प्रमुखको जिम्मेवारी दिइएको हो ।
शर्मा यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
गृह मन्त्रालयका अनुसार कारागार व्यवस्थापन सुधार तथा चुनौती समाधानलाई तीव्रता दिन नेतृत्व परिवर्तन गरिएको हो ।
यसअघि कैलाली कारागारमा पनि हिंसात्मक घटना घटेको थियो ।