चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका हुन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
भारतीय केए ४३६८५६ नम्बरको ट्रकमा ढुङ्गा खसेको हो । ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।