Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

तीन जिल्लामा सिडिओ रिक्त, ठूलो संख्यामा सरुवाको तयारी

तीन जिल्लामा सिडिओ रिक्त, ठूलो संख्यामा सरुवाको तयारी

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पद रिक्त भएको छ । ललितपुर, भक्तपुर र दाङमा सिडिओ रिक्त भएको हो।

ललितपुरका रमेश ढकालको गण्डकी प्रदेश, भक्तपुरका भरतमणि पाण्डेको अर्थ मन्त्रालय तथा दाङका कृष्ण प्रसाद लम्सालको कैलालीको सिडिओमा सरुवा भएको छ । ती जिल्लामा गृहले नयाँ सिडिओ खटाएको छैन ।

गृह मन्त्रालयले ठूलो संख्यामा सिडिओको सरुवा तयारी गरिरहेको छ । सरुवाका लागि व्यापक चलखेल हुँदा ढिलाई भइरहेको स्रोत बताउँछ ।

हिमालीदेखि तराईका जिल्लाको एकैपटक सरुवा गर्न लागिएको छ । शुक्रबारसम्म सरुवा निकाल्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए।

सिडिओ बन्नकै लागि हालै गृहमा केही नयाँ सहसचिवहरु भित्रिएका छन् । नमराज घिमिरे, शिवलाल तिवारी, सृजन थपलिया, बिनु बज्राचार्य कुँवर अन्य मन्त्रालयबाट गृहमा आएका छन् । गृहमै आधा दर्जन सहसचिव जिम्मेवारीविहिन छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077