बाजुरा । बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्यामा ११ घर बगाएको छ भने ७ घरमा क्षति पुगेको छ ।
लगातार वर्षापछि खोलामा आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीका कारण १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
हिमाली गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदारा बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन् । स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् ।
नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।
[insert page='361893' display='yopanipadhnuhos.php']
१ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।
बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ ।
अनुगमन गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोलीले प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए ।
साथै अध्यक्ष मल्लले थप बाढी र पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न समेत आग्रह गरेका छन् ।