Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

धरहराको चर्चित टपरी म:मलाई महानगरले लगायो २ लाख जरिवाना

धरहराको चर्चित टपरी म:मलाई महानगरले लगायो २ लाख जरिवाना

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । काठमाडौंको सुन्धारास्थित चर्चित धरहरा टपरी म:मलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मस्ममा र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि कारबाही गरिएको काठमाडौँ महानगर कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपाने बताए ।

धरहरा टपरी म:मले पटक-पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए ।

मंगलबार गा्रहकले म:म मगाएर खाने क्रममा धातुको औँठी फेला परेको थियो ।

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र जम्मा गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077