Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रवि लामिछानेलाई याट्याज बाथरुमसहितको छुट्टै कोठामा राखिएको छ : रुपन्देही कारागार

रवि लामिछानेलाई याट्याज बाथरुमसहितको छुट्टै कोठामा राखिएको छ : रुपन्देही कारागार

बिहिवार , श्रावण २९, २०८२

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागार कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै विगत चार महिना देखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा रहेका लामिछानेलाई छुट्टै कोठामा राखेर छुट्टै शौचालयको समेत व्यवस्था गरिएको कारागार कार्यालयले जनाएको छ ।

'कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।' कारागार प्रशासक सुरेश भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ ।

'सबै बन्दीहरु बिच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानव अधिकार मैत्री वातावरण सृजना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । कारागार भित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।'  विज्ञप्तीमा भनिएको छ।

विगत केही दिन देखि यता संचार माध्यमहरुमा रुपन्देही कारागारका विषयमा विभिन्न समाचारहरु प्रकाशित भएपछि विज्ञप्ती मार्फत कार्यालयले ध्यानकर्षण भएको समेत जनाएको छ ।

कुल २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी रहेका छन् । क्षमता भन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अतिउत्तम परिचालन गरी कानुन बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको जनाएको छ ।

'कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरुलाई खाने, बस्ने, डिडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा र पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ ।' विज्ञप्तीमा उल्लेख छ ।

कारागार ऐन २०७९ तथा कारागार नियमावली बमोजिम अशक्त, अपाङ्ग, जेष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरुलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको छ । थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुन बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरुको बिचमा अन्य विभेद गरिएको छैन । कारागार प्रशासनको तर्फबाट समय समयमा कारागार भित्रको बस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरुको गुनासो सुन्ने र स्रोतसाधनले भ्याए सम्म त्यसको सम्बोधन गर्ने कार्य गरिदै आएको रुपन्देही कारागार कार्यालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077