Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

तोकियो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर, कुनको कति ?

तोकियो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर, कुनको कति ?

बिहिवार , श्रावण २९, २०८२

काठमाडौँ । नेपाल सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग शुल्क तोकेको छ ।

यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो।

सुरुङमार्ग हुँदै गुड्ने कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यसैगरि मिनी बस र ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।

भारी उपकरण काठमाडौँ आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको  सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन ।

हाल सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत रहेको छ ।

नागढुङ्गा सुरुङमार्ग आगामी दसैँबाट सञ्चालनको तयारीमा रहेकोछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077