Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बाजुरामा बिच्छ्या खोलाको बाढीले घर, खेत र संरचनामा ठूलो क्षति

बाजुरामा बिच्छ्या खोलाको बाढीले घर, खेत र संरचनामा ठूलो क्षति

बिहिवार , श्रावण २९, २०८२

बाजुरा । हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोला बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमिन, पुल, विद्यालय र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

लगातार वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा खोला नजिकका घर र खेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

स्थानीय साजन थापाका अनुसार विशेष गरी खोला किनारका बस्ती, खेतबारी, पुल र जलविद्युत आयोजना प्रभावित भएका छन्।

गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले भने, “अहिलेसम्म बिच्छ्या खोला किनारा नजिकका ८–१० वटा घर र खेतीयोग्य जमिन बगाएको खबर आएको छ। टेलिफोन तथा मोबाइल नेटवर्क नचल्दा विस्तृत विवरण संकलन गर्न कठिनाइ भएको छ।”

बाढीले वडा नं. १, ३ र ५ मा विशेष क्षति पुर्‍याएको अध्यक्ष मल्लले जानकारी दिए। घटनास्थलतर्फ गाउँपालिका टोली जाँदैछ र थप विवरण प्राप्त भएपछि क्षतिको पूर्ण विवरण सार्वजनिक गरिनेछ।

प्रहरीका अनुसार उद्धार तथा अनुगमनका लागि प्रभावित क्षेत्रमा टोली पठाइएको छ । प्रमुख जिल्ला अधिकारी मेघराज पाध्यायले वर्षा अझै जारी भएकाले थप बाढी र पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077