Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बाढी पहिरोले सहिद राजमार्ग र दैलेख–कर्णाली राजमार्ग अवरुद्ध

बाढी पहिरोले सहिद राजमार्ग र दैलेख–कर्णाली राजमार्ग अवरुद्ध

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका दुई महत्वपूर्ण सडक खण्ड अवरुद्ध भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका–१ लिक्याङस्थित घोराही–थवाङ सहिद मार्गमा बिहान ७ बजे माथिबाट पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।

यस्तै, दैलेख–कर्णाली राजमार्ग पनि बिहान ७ः२० बजेबाट पूर्णरूपमा बन्द भएको छ । दैलेखको आठबिस नगरपालिका–५ खिड्की जिउला नजिक वर्षाका कारण माथिबाट आएको पहिरो र जाक्सी खोलाको बढेको बहावले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै सडक खण्ड खोल्ने कार्यका लागि डोजर परिचालनको तयारी भइरहेको छ, तर निरन्तरको वर्षाले काममा कठिनाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077