Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

झुम्का कारागारबाट कैदी फरार, घटनाको छानबिन गर्न समिति गठन

झुम्का कारागारबाट कैदी फरार, घटनाको छानबिन गर्न समिति गठन

बुधवार , श्रावण २८, २०८२

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी फरार भएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री हिजोराति कारागारबाट फरार भएका हुन् ।

खत्री कारागारको पर्खाल नाघेर भागेको जेलर सुवासकुमार लामिछानेले बताएका छन्।

उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए । सामूहिक जबरजस्ती करणीको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077