Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले केचना–कञ्चनजंघा सडक अवरुद्ध

पहिरोले केचना–कञ्चनजंघा सडक अवरुद्ध

बुधवार , श्रावण २८, २०८२

इलाम । इलामको केचना-कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले केचना–कञ्चनजंघा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि रोकिएको छ । व्यवसायीहरू लामो दुरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न बाध्य भएका छन् ।

नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077