Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

डेढ करोडको घुसको अफरसम्बन्धि पोष्ट पूर्वडीआईजीले हटाए

डेढ करोडको घुसको अफरसम्बन्धि पोष्ट पूर्वडीआईजीले हटाए

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी अर्जुनचन्द ठकुरीले मानवतस्करीको सेटिङका लागि आफुलाई डेढ करोड रुपैयाँ घुसको अफर गरिएको दाबी गरेका छन् ।

विमानस्थल प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा तत्कालिन आईजीपी बसन्तबहादुर कुँवरले दुई डीआईजीमार्फत यस्तो अफर गरेको उनको दाबी छ ।

तर, अफर नमान्दा आफुलाई कारबाही गरिएको भन्दै उनले मंगलबार फेसबुक स्टाटस लेखेका छन् ।

सो विषयमा आफुलाई मार्ने धम्की समेत आएको उनको दाबी छ । नेपाली चेलीहरु खासगरी कुवेतमा लगेर सात लाख रुपैयाँसम्म बिक्रि हुने गरेको उनले बताएका छन् । तर उनले चौतर्फी दबावपछि स्टाटस हटाएका छन् ।

२०८० सालमा चन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख थिए । त्यतीबेला प्रदेश इन्चार्ज नदिएको भन्दै उनले राजीनामा समेत दिएका थिए। पछि राजीनामा फिर्ता लिएर कर्णाली प्रदेश गएका थिए ।

कर्णाली प्रदेशमा हुँदा पनि कारबाहीस्वरुप उनलाई तानिएको थियो । जसकारण चन्दले रिसाएर समेत यस्तो आरोप लगाएको हुनसक्ने आशंका गरिएको छ । सो आरोप लाग्दा पनि प्रहरी प्रधान कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077