Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रवीन्द्र ढाटलाई दुईलाख नगदसहित काठमाडौं महानगरको सम्मान

रवीन्द्र ढाटलाई दुईलाख नगदसहित काठमाडौं महानगरको सम्मान

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतमा भएको 'म्याट्रिक्स फाइट नाइट' १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाट ‘बझांगी बाघ’ लाई सम्मान गरेको छ ।

आज महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले ढाँटलाई दुईलाख नगदसहित सम्मानित गरेको हो ।

भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै एमएफएन–१७ मा उनी च्याम्पियन बनेका थिए । नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।

उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् ।

रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077