काठमाडौं । पर्सामा एक कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।
कैदी बन्दीको मृत्युपछि स्थानीयले विभिन्न आरोप लगाउँदै विरोध प्रदर्शन गरेपछि घटनाको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
उक्त छानबिन समितिमा मानवअधिकार, प्रहरी, अस्पताल प्रशासन र मृतक परिवारका प्रतिनिधि समेत रहेका छन्।
घटनाको कारण र दोषीको पहिचान गरी १५ दिनभित्र रिपोर्ट बुझाउने गरी समिति गठन भएको सहायक प्रमुख जिल्ला अधिकारीकारी रेग्मीले बताए।
कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय राहुल साह आज बिहान एक्कासी बेहोस भएका थिए ।
बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका उनको उपचारका लागि अस्पताल लगिए पनि नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको थियो
मृतकका आफन्तले भने विभिन्न आरोप लगाउँदै अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेका छन्।
घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न आफन्तहरूको माग छ ।