Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सत्य बचनको कार्यक्रममा कालो झोलामा पैसा उठाउँदै गरेको भिडियो नै बाहिरिएपछि...

सत्य बचनको कार्यक्रममा कालो झोलामा पैसा उठाउँदै गरेको भिडियो नै बाहिरिएपछि...

मंगलवार , श्रावण २७, २०८२

चितवन । भरतपुर महानगरपालिका भित्र धर्म परिवर्तन गर्ने अभियान तिव्र रुपमा अगाडि बढेको पाइएको छ ।

भरतपुर–२३ स्थित नयाँवस्तीमा कार्यालय रहेने गरी सामाजिक संस्थाको रुपमा स्थानीय तहमा दर्ता भएको सत्य बचन परम ईश्वरिय मार्गदर्शन नामको संस्थाले यसरी धर्म परिवर्तन अभियान चलाउँदा समेत प्रहरी, प्रशासन र महानगरपालिका नै मुकदर्शक बनेको छ ।

श्रीकृष्ण आलेको नाममा दर्ता भएको यो संस्थाका अध्यक्ष निरञ्जन पाण्डे छन् ।

यो संस्थाको शाखा भने अधिकांश जिल्लामा छन् । उनीहरुले सोझा सिधा अन्य धर्मावलम्बीहरुलाई फकाएर क्रिष्चियन बनाउने गरेको स्थानीयबासीले नै आरोप लगाएका छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल समेत यो गैरकानूनी काममा कानमा तेल हालेर बसेको स्थानीयहरुको आरोप छ । टोल टोलमा सच्चाइको नाममा खुलेका यस्ता संस्थाहरुले प्रत्येकदिन जस्तै कार्यक्रम आयोजना गर्ने र त्यहाँबाट भेटी भन्दै रकम उठाउँदै आएका छन् ।

यसरी लाखौं रकम उठाउने र कार्यक्रममा क्रिष्चियन धर्मको प्रचार गरी धर्म परिवर्तन गर्न उक्साउने कार्य हुँदै आएको भन्दै टाँडिमा त संस्थाका केहि प्रतिनिधिहरुलाई स्थानीयले लखेटेका थिए । केही साताअघि पर्सामा पनि स्थानीयहरुले बाइबल बोकेर घर–घरमा पुगेका संस्थाका प्रतिनिधिहरुलाई प्रहरी समक्ष नै बुझाएका थिए ।

त्यसो त, पोखरामा सुशिला गैरे र प्रकाश गैरेले सच्चाइ केन्द्र पोखरा भनेर चितवनमा जस्तै धर्म परिवर्तन गर्ने अभियान चलाइरहेका छन् । यी दुबै संस्थाका गुरु भने एउटै हुन्, भारतीय नागरिक सशाम बेन्स । उनी बेला बेलामा नेपाल आइरहन्छन् ।

चितवन र पोखरामा रहेको दुई संस्थाको २५ जना केन्द्रीय सदस्यको सम्पत्ति विवरण अनुसन्धान गर्ने हो भने उनीहरुको अवैध आर्थिक धन्दा बाहिर आउने निश्चित छ ।

दश वर्षदेखि व्यवसायको नाममा संस्था दर्ता गरी घर–घरमा पुगेर धर्म परिवर्तन गराउँदै आएका आले र पाण्डेको मात्रै सम्पत्ति अनुसन्धान गर्ने हो भने उनीहरुले विदेशसम्म पैसा पुर्याउने गरेको पुष्टि हुने अभियान छाडेका टाँडिका एक स्थानीय बासिन्दाले अनलाइन नेपालसँग बताए ।

आले र पाण्डेले विगतदेखि नै प्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत प्रभावमा पारेर खुलमखुल्ला धर्म परिवर्तनको अभियान चलाइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भने उक्त संस्थाका गतिविधिमाथि सुक्ष्म रुपमा अध्ययन भइरहेको र पटक–पटक विवादमा परेका कारण नविकरण समेत नगरिएको अनलाइन नेपालसँग बताए ।

सत्य बचन परम ईश्वरिय मार्गदर्शनका संस्थापक आले र अध्यक्ष पाण्डे

 

सोमबार भरतपुर लंकुस्थित ग्यालेक्सी रिसोर्टमा भएको सत्य बचनको कार्यक्रममा कालो झोलामा पैसा संकलन र हस्तान्तरण गरिएको भिडियो नै बाहिरिएको छ । उक्त पैसाको बारेमा प्रशासनले अनुसन्धान थालिसकेको स्रोतको भनाइ छ ।

तडक भडकका साथ रिसोर्टमा यस्तो कार्यक्रम आयोजना गर्न कहाँबाट रकम आयो ? भन्दै प्रश्न उब्जिएको छ । कालो झोलामा रकम संकलन गरेको बारेमा चितनको संस्थाका अध्यक्ष निरञ्जन पाण्डेसँग सम्पर्क गर्दा उनले परमेश्वरको नाममा दान संकलन भएको भन्दै रकम जम्मा गरिएको स्वीकारे ।

तर, कानूनी रुपमा यो संस्थाले यसरी न त रकम संकलन गर्न पाउँछ न त धर्मको प्रचार नै गर्न पाउँछ । टाँडिस्थित एक घरमा सच्चाइको नाममा धर्म परिवर्तन गरिएका बेला स्थानीयहरुले नै केही दिन अवरोध गरेपछि उनीहरु मुख छोपेर हिंडेका थिए ।

जुन भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल छ । टाँडिमा भएको उक्त घटनापछि धार्मिक अभियन्ताहरु एक जुट भएर चितवनमा सच्चाइलाई साँच्चिकै बन्द गराउनुपर्छ भन्दै लागिपरेका छन् । उनीहरुले आयोजना गर्ने कार्यक्रममा हामी पनि हिन्दू नै हो भन्ने तर भित्र गइसकेपछि येशूको मात्रै भजन गाउने, बाइबलबाट प्रवचन दिने, येशूको जयजयकार गर्ने र परमेश्वरलाई चिन भन्दै भजन गाउने गर्दै आएका छन् ।

हामीले टीका लाउन मिल्छ, दशैँ तिहार पनि मान्न मिल्छ भन्दै फकाउने र एक/दुई महिना त्यस्तो कार्यक्रममा उपस्थित भएपछि धर्म परिवर्तन गर्न उक्साउने गर्दै आएको स्थानीयबासीहरु नै बताउँछन् । त्यति मात्रै होइन यशु र सच्चाइको नाममा विरामीलाई ठिक पार्ने, हातले छोएको भरमा क्यान्सर जस्ता प्राणघातक रोगहरु पनि ठिक हुने भन्दै उनीहरुले फकाउने गरेका छन् ।

यसअघि २०८१/०५/१९ गते जिल्ला प्रशासन कार्यालय चितवनले सत्य वचन परम ईश्वरीय मार्ग दर्शन संस्थाले नारायणी कला मन्दिरमा आफ्ना कार्यक्रमहरु गरिरहँदा सार्वजनिक शान्ति व्यवस्थामा खलल पर्ने तथा सार्वजनिक सम्पत्तिको तोडफोड हुन सक्ने भन्दै संस्थाको कार्यक्रममै रोक लागएको थियो ।

त्यतिबेला नारायणी कला मन्दिरमा सत्य वचन परम ईश्वरीय मार्ग दर्शन नामक संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकोमा विश्वहिन्दु युवा संघ तथा शिव सेना नेपालले उक्त संस्थाले धर्मान्तरणका गतिविधि गरिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो ।

नारायणी कला मन्दिरले उक्त ताला फुटाएकोमा विश्व हिन्दु युवा संघ तथा शिव सेना नेपालले कान्तिको आह्वान गर्दै प्रेस विज्ञप्ती जारी गरेपछि २०८१/०५/१९ गते जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट सत्य वचन परम ईश्वरीय मार्ग दर्शन नामक संस्थाले आयोजना गर्दै आएको कार्यक्रम रोकेको थियो ।

सच्चाइका नाममा सत्य वचन परम ईश्वरीय मार्ग दर्शनका प्रतिनिधिहरु बाइबल बोकेर घर–घर र पसल–पसलमा पुगिरहँदा समेत स्थानीय प्रशासनले कुनै कारबाही गर्न सकेको छैन । यसरी धर्म निरपेक्षताको नाममा जवर्जस्ती धर्म परिवर्तन गराउँदा समेत नेपाल सरकार भने कानमा तेल हालेर बसेको आम सर्वसाधरणको आरोप छ ।

sacchai chitwan.jpg
जिल्ला प्रशासन कार्यालय चितवनले सत्य वचन परम ईश्वरीय मार्ग दर्शनको कार्यक्रम स्थगित गर्न जारी गरेको सूचना
@moonlight353035

चितवनमा सच्चाइलाई साँच्चिकै बन्द गराउँदै धार्मिक अभियन्ता मित्रहरू । Harisharan Hindu याे कामको लागि तपाईंहरुलाई चितवनमा सच्चाइलाई साँच्चिकै बन्द गराउँदै धार्मिक अभियन्ता मित्रहरू । Harisharan Hindu । याे कामको लागि तपाईंहरुलाई धन्यवाद छ । हामी हिन्दू नै हाे भन्दै टीका लाउन छुट दिन्छ; दशैँ तिहार पनि मान्न दिने गर्छ तर भित्र गइसकेपछि येशूकाे मात्रै भजन गाउँछ; प्रवचन पनि बाइबलबाट मात्रै दिन्छ; जयजयकार पनि येशूकाे मात्रै गर्छ । सच्चाइ भजन मण्डली आवरणमा हिन्दू र बुद्धिमा इसाइ हाे । याे कुरा हाम्रा साेझासाझा आमाबुवा, दाजुभाउजु, दिदीबहिनीहरुलाई सम्झाइबुझाइ गर्नु जरुरी भएको छ । छ । हामी हिन्दू नै हाे भन्दै टीका लाउन छुट दिन्छ; दशैँ तिहार पनि मान्न दिने गर्छ तर भित्र गइसकेपछि येशूकाे मात्रै भजन गाउँछ; प्रवचन पनि बाइबलबाट मात्रै दिन्छ; जयजयकार पनि येशूकाे मात्रै गर्छ । सच्चाइ भजन मण्डली आवरणमा हिन्दू र बुद्धिमा इसाइ हाे । याे कुरा हाम्रा साेझासाझा आमाबुवा, दाजुभाउजु, दिदीबहिनीहरुलाई सम्झाइबुझाइ गर्नु जरुरी भएको छ ।

♬ original sound - Moonlight

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077