Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

किसानको गुनासोपछि कृषिमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओली

किसानको गुनासोपछि कृषिमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओली

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल अभावको समस्याका विषयमा कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्ने भएका छन् ।

रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा प्रधानमन्त्री ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्न लागेका हुन्।

छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा डाकिएको बताइएको छ ।

सरकारले किसानलाई आवश्यक पर्ने मलको मौज्दात रहेको र थप मल आउने क्रम पनि जारी रहेको बताइरहँदा किसानहरुले भने समयमा मल नपाएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले छलफलका लागि कृषिमन्त्रीलाई डाकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077