Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित यि जिल्लाहरुमा जारी गर्‍यो 'एल्लो अलर्ट'

बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित यि जिल्लाहरुमा जारी गर्‍यो 'एल्लो अलर्ट'

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि अलर्ट जारी गरेको छ।

आज काठमाडौँसहित ४६ जिल्लामा आकस्मिक बाढीको जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

आज इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

यस्तै आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी-पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

४६ जिल्लालाई एल्लो अलर्टमा राख्दै बाढी महाशाखाले बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ।

सूचना

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077