Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वितरण हुँदै आएको ‘भिजिटर पास’ साउन २७ गतेदेखि पूर्ण रूपमा बन्द गरेको छ ।

विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार ड्युटी अफिसमार्फत हुने भिजिटर पास वितरण कार्य अब रोकिएको हो ।

विमानस्थलले जारी गरेको सूचनामा भिजिटर पास बन्द भए पनि वृद्ध–वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला तथा नाबालक यात्रुका लागि सहायता कक्षको सुविधा यथावत रहने स्पष्ट गरिएको छ ।

यस्तै, व्हिलचेयरसहित विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको समन्वयमा सहजीकरण गरिनेछ।

कार्यालयले यात्रुहरूलाई आफ्नो हवाई टिकटमा उल्लेखित ‘चेक–इन ब्यागेज’ संख्या र अधिकतम तौल सीमा अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077