Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा राति सवारी सञ्चालन निषेध

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा राति सवारी सञ्चालन निषेध

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । पहिरोको जोखिम बढेकाले बेनी–जोमसोम सडकखण्डको म्याग्दी भागमा रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय भएको छ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको संयुक्त निर्णयअनुसार साउन २७ गते मंगलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा हरेक दिन साँझ ६ बजेबाट बिहान ५ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अर्को सूचना जारी नहुँदासम्म रातिको यो प्रतिबन्ध लागू रहनेछ।

रघुगंगा गाउँपालिका–२, बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077