काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि भएको बैठकले सरकारको दैनिक प्रशासनिक कामकारबाही विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।