Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

म थाकेकी छैन, श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु : निकिता पौडेल

म थाकेकी छैन, श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु : निकिता पौडेल

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनामुक्तीको माग रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेल लामिछानेले न्याय नपाएसम्म निरन्तर लडिरहने बताएकी छन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा गर्न माग गरेका थिए । तर सोमबार जिल्ला न्यायाधीश नारायण प्रसाद सापकोटाको इजलासले ‘माग बमोजिम नहुने’ आदेश दिँदै उनलाई थुनामै राख्ने निर्णय गरेको हो ।

अदालतको निर्णयपछि निकिताले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै भनिन्, 'म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077