Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सामाजिक बहिष्कारको सामना गर्दै बाबुको काजक्रियामा बनेपाकी उपप्रमुखसहित तीन दिदीबहिनी

सामाजिक बहिष्कारको सामना गर्दै बाबुको काजक्रियामा बनेपाकी उपप्रमुखसहित तीन दिदीबहिनी

सोमवार , श्रावण २६, २०८२

बनेपा । काभ्रेको बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटासहित उनका तीन दिदीबहिनी सामाजिक बहिष्कारको सामना गर्दै बाबुको काजक्रियामा बसेका छन् ।

विमलासहित उनका दुई बहिनीहरू निर्मला र राधिका दिवंगत बुवा हरिप्रसाद सापकोटालाई दाहसंस्कार गरेर काजक्रियामा बसेका हुन् ।

बुवाको ९१ वर्षको उमेरमा आइतबार निधन भएपछि छोरा नभएका सापकोटालाई दागबत्ती कसले देला र काजक्रिया कसले गर्छ भन्ने चर्चा नै चलेको थियो ।

तर, उपप्रमुख विमला सापकोटाले दागबत्ती आफै दिने र काजक्रिया पनि दिदीबहिनीले नै गर्ने बताएपछि गाउँलेहरु विभाजित बनेको आफन्तहरु बताउँछन् । विमलासहितका तीन दिदीबहिनी जब काजक्रिया गर्न अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । तर, उनीहरु पछि हटेनन् ।

समाजको बहिष्कारको चेतावनीका बाबजुद उनीहरु बाबुको किरियामा बसेका छन् । आफूहरू किरियामा बस्दै गर्दा बहिष्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएको भन्दै बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्–‘महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ आफ्नु बाउको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई पीडा माथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको वंशमा दखल गरेका छैनौ हामी अब थप पीडा सहन सक्ने अवस्था मा छैनौ ।’

उनले आफूहरू बहिष्कार हुन तयार रहेको भन्दै कानून र संविधानविपरीत काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरूले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् ।

यस्तो छ उनको दुईवटा फेसबुक स्टाटस
महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ ?आफ्नु बाउको काजकृया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई पिडा माथि पिडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ ।हामीले अरु कसैको बंशमा दखल गरेका छैनौं हामी अब थप पिडा सहन सक्ने अवस्था मा छैनौं ।

ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र सबिधानको पनि बर्खिलाब छ ।हामीले गरेको यो कामले हजारौं छोरि माथि न्याय हुनेछ । खबरदार यो छ्लफल र बहस रोकि हाल हामि बहिसकार हुन तयार छौ । १३ दिन हाम्रो बुवाको घरमा बसेर काजक्रिया गर्न देउ पिडा नदेउ १३ दिन पछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौं । समाजको डर लाग्ने हरु कृपया हामिलाइ साथ दिनु पर्ने बाध्यता नसमझनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077