Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सोमवार , श्रावण २६, २०८२

जाजरकोट। जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका-१ कोल्चौरनजिकै कल्ले खोलामा हिजो राति भएको दुर्घटनामा भेरी नगरपालिका–१, डौँरीकाँडाका चालक २७ वर्षीय सुनील चदराको घटनास्थलमै मृत्यु भएको हो ।

भेरी नगरपालिका–१, रावत गाउँदेखि मैदेमा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077