सुनसरी । सुनसरीमा आज बिहान बस र विङ्गर एकपासमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा २ जनाको घटनास्थलमै र उपचारका क्रममा थप एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन ।
घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक झापा अर्जुनधारा नगरपालिका-१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाइको छ ।