Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कैलाली कारागार घटना : अर्का गम्भीर घाइतेलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइँदै

कैलाली कारागार घटना : अर्का गम्भीर घाइतेलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइँदै

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । जिल्ला कारागार कैलालीमा भएको कैदीबन्दीको झडपपछि गम्भीर घाइते भएका अर्का एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कर्ण सलामी मगरलाई थप उपचारको लागी काठमाडौंल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार गोदावरी नगरपालिका -२ का आयुष भट्टलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

अन्य घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

गृहमन्त्री रमेश लेखकले शनिबार कैलाली घटनाबारे तिनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए ।

घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा हिजो बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077