Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति पशुपति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेका छन् । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तको आरोप छ।

आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने बिषय नखुलेका कारण अहिल्यै आरोप पुष्टि नभएको प्रहरीको भनाइ छ ।

घटनाबारे अनुसन्धान  गर्न उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077