Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

आइतवार , श्रावण २५, २०८२

धनकुटा । धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

जिल्लाको धनकुटा नगरपालिका-८, स्थित  गाईजात्रा हेर्न टेकुनालाबाट धनकुटा बजारतर्फ जादै गरेको २ च २३०९ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।

गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते तीन जनालाई भने थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077