Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सप्तकोसीमा पानीको बहाव बढ्दो : २८ ढोका खोलिए, रातो बत्ती बालियो

सप्तकोसीमा पानीको बहाव बढ्दो : २८ ढोका खोलिए, रातो बत्ती बालियो

आइतवार , श्रावण २५, २०८२

सुनसरी । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४३० क्युसेक पुगेको छ ।

मापन केन्द्रका अनुसार, कोसी ब्यारेजका ५६ मध्ये हाल २८ ढोका खोलिएका छन् ।

कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077