Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उत्तराखण्ड बाढीपछि सम्पर्कविहीन भएका १३ नेपालीको सकुशल उद्धार [नामावलीसहित]

उत्तराखण्ड बाढीपछि सम्पर्कविहीन भएका १३ नेपालीको सकुशल उद्धार [नामावलीसहित]

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । भारतको उत्तराखण्डमा गत बुधबार दिउँसो आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार एक जना र बाँकी १२ जनाको शनिबार उद्धार गरिएको हो । भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार गरेको जानकारी दूतावासलाई दिएका बताइएको छ ।

शुक्रबार कालीकोटका वीरेन्द्र कामुको उद्धार गरिएको थियो भने शनिबार प्रशंसा शाह, कोमल शाह, रमन शाहको उद्धार गरिएको छ । दूतावासका अनुसार उनीहरू श्रीमान्, श्रीमती र छोरा हुन् ।

यसैगरी, शनिबार नै दिनेश र गंगा (थप नखुलाइएका श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन् ।

यीमध्ये दिने र गंगा परोलामा बस्ने गरेका थिए भने सूर्य, प्रविण र नवराज हरिद्वार गएका थिए ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । उक्त बाढीमा परेर नेपालको जाजरकोटका ६ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077