सुनसरी । सुनसरीमा स्कुटर र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–२० को पानीपिया जङ्गलमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर र्दुघटना भएको हो।
स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।