Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

शनिवार , श्रावण २४, २०८२

बाजुरा । बाजुराको बूढीनन्दा मन्दिर दर्शन गरेर घर फर्कने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९, उखाडीका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।

मन्दिर दर्शन गरी फर्कने क्रममा हराएका उनलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकको गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिप्रका बाजुराले जनाएको छ ।

शुक्रबार बेलुका ५ः३० बजे बूढीनन्दाबाट फर्किएर उनी चुडेपानी बरडाँडामा आएका थिए । त्यहाँबाट फेरि बूढीनन्दातर्फ लागेकाले उनको खोजीका निम्ति प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077