सप्तरी । सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १-०१-००१ ख ४५६० नम्बरको बसले ठक्कर दिदा साइकलमा सवार ६८ वर्षीय बुदुरचौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँदनी चोकमा सडक अवरुद्ध गरेका छन् ।