Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल जाने

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल जाने

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाने भएका छन् ।

हमासले इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा अपहरण गरेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब दिन  पद्मा जोशी (आमा) र  पुष्पा जोशी (बहिनी) लाई इजरायलले आफ्नो देश लैजाने तयारी गरेको हो ।

आगामी सोमबार आमा-बहिनीलाई इजरायल लैजाने तयारी गरेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशी दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए ।

हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077