Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

 जिप दुर्घटना हुँदा ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

 जिप दुर्घटना हुँदा ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं ।  कालिकोटमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका-१० गोलुवामा कर्णाली प्रदेश ०२-००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाइको छ । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भईरहेको छ ।

उनीहरूको पहिचान भने खुल्न सकेको छैन । जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077