Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बोलेरो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जना घाइते

बोलेरो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जना घाइते

शुक्रवार , श्रावण २३, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेमा गएराति बोलेरो गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् ।

जिल्लाको भुम्लु गाउँपालिका ८ पौवास्थित चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएका छन् ।

यस्तै दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको भने उपचार जारी छ ।

उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077