Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

शिक्षा विधेयकबारे छलफल गर्न बिहीबार समिति बैठक बस्दै

शिक्षा विधेयकबारे छलफल गर्न बिहीबार समिति बैठक बस्दै

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।

समितिका अनुसार बैठक बिहीबार (भोलि) १० बजे बस्नेगरि बोलाइएको हो ।

विधेयकमा शिक्षकको आवधिक बढुवा, अस्थायी प्रकृतिको शिक्षकको व्यवस्थापन, ईसीडी लगायतको विषयमा सहमति जुट्न सकेको छैन ।शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि समितिको बैठक बोलाइएको हो ।

गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन ।

शिक्षा ऐनको माग राखेर महासंघले गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077