विराटनगर । झापामा मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेका एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार राति झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा संलग्न मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका स्थानिय ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडु पक्राउ परेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।